१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अपहरणमा परेका २ जना नेपालीको भारतबाट सकुशल उद्धार, ६ जना पक्राउ

११ पुष २०८०, बुधबार ११:३७

पुस ११, काठमाडौँ | २ जना नेपाली नागरिकलाई अपहरण गर्ने ६ जना भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको समन्वयमा भारतीय प्रहरीले ६ जना अपहरणकारीलाई पक्राउ गरेको हो। 

चितवनको भरतपुर महानगरपालिका–१९ हुलाको चोक बस्ने ४० वर्षीय कृष्ण थापा र रत्ननगर–१२ जिरौना बस्ने  ३५ वर्षीय दिपेन्द्र महत रौतहट जाने भन्दै पुस ५ गते, बिहान १० बजेतिर मोटरसाइकलमा निस्किएका थिए। घरबाट निस्किएको २ दिनपछि पुस ७ गते, राति ८ बजेतिर कृष्ण थापाले फेसबूक  म्यासेन्जरमार्फत् श्रीमतीलाई फोन गरी आफू अपहरणमा परेको बताएका थिए। 

अपहरणकारीले ६ लाख रुपैयाँ मागेको भन्दै कृष्णले फोन गरेपछि उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यलय चितवनमा मौखिक उजुरी दिएकी थिइन्। चितवन प्रहरीले अपहरणमा परेको घटनाबारे रौतहट प्रहरीलाई जानकारी दिएको थियो। 

त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटले भारतीय प्रहरीसँग समन्वय गरी अपहरणमा परेकाहरुको खोजी सुरु गरेको थियो। रौतहट प्रहरीले दिएको सूचनाका आधारमा भारतीय प्रहरीले छापा मारी पुस १० गते, कृष्ण र दिपेन्द्रलाई बिहारको सितामढीबाट सकुशल उद्धार गरेको थियो। 

अपहरणमा परेकाहरुलाई भारतीय प्रहरीले रौतहट प्रहरीको जिम्मा लगाइसकेको छ। स्वास्थ्य परीक्षणपछि उनीहरु घर गइसकेका जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। 

अपहरणको आरोपमा भारतीय प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बिहार राज्यअन्तर्गतको सितामढी जिल्लाको थाना डुम्रा मेहसोल–२७ बस्ने मोहम्मद अकबर, मोहम्मद नइम, कौसर अली, मौहम्मद सदाब, मोहम्मद इरसाद र सितामढीकै बथ्रनाह थाना–३ टन्डसपुरका ३३ वर्षीय नरेश राम छन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार