२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अपहरणमा परेका २ जना नेपालीको भारतबाट सकुशल उद्धार, ६ जना पक्राउ

२०८०, ११ पुष बुधबार ११:३७

पुस ११, काठमाडौँ | २ जना नेपाली नागरिकलाई अपहरण गर्ने ६ जना भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको समन्वयमा भारतीय प्रहरीले ६ जना अपहरणकारीलाई पक्राउ गरेको हो। 

चितवनको भरतपुर महानगरपालिका–१९ हुलाको चोक बस्ने ४० वर्षीय कृष्ण थापा र रत्ननगर–१२ जिरौना बस्ने  ३५ वर्षीय दिपेन्द्र महत रौतहट जाने भन्दै पुस ५ गते, बिहान १० बजेतिर मोटरसाइकलमा निस्किएका थिए। घरबाट निस्किएको २ दिनपछि पुस ७ गते, राति ८ बजेतिर कृष्ण थापाले फेसबूक  म्यासेन्जरमार्फत् श्रीमतीलाई फोन गरी आफू अपहरणमा परेको बताएका थिए। 

अपहरणकारीले ६ लाख रुपैयाँ मागेको भन्दै कृष्णले फोन गरेपछि उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यलय चितवनमा मौखिक उजुरी दिएकी थिइन्। चितवन प्रहरीले अपहरणमा परेको घटनाबारे रौतहट प्रहरीलाई जानकारी दिएको थियो। 

त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटले भारतीय प्रहरीसँग समन्वय गरी अपहरणमा परेकाहरुको खोजी सुरु गरेको थियो। रौतहट प्रहरीले दिएको सूचनाका आधारमा भारतीय प्रहरीले छापा मारी पुस १० गते, कृष्ण र दिपेन्द्रलाई बिहारको सितामढीबाट सकुशल उद्धार गरेको थियो। 

अपहरणमा परेकाहरुलाई भारतीय प्रहरीले रौतहट प्रहरीको जिम्मा लगाइसकेको छ। स्वास्थ्य परीक्षणपछि उनीहरु घर गइसकेका जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। 

अपहरणको आरोपमा भारतीय प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बिहार राज्यअन्तर्गतको सितामढी जिल्लाको थाना डुम्रा मेहसोल–२७ बस्ने मोहम्मद अकबर, मोहम्मद नइम, कौसर अली, मौहम्मद सदाब, मोहम्मद इरसाद र सितामढीकै बथ्रनाह थाना–३ टन्डसपुरका ३३ वर्षीय नरेश राम छन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी