१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज पनि क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस हुँदै

१२ पुष २०८०, बिहीबार ०३:०३

पुस १२, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन् । हिजो वादी पक्षको बहस सकिएको छ । वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट हिजोसम्म १० जनाले बहस गरेका थिए । 

आइतबारबाट सुरु भएको बहसमा उक्त दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा हिजो जाहेरवालीका तर्फबाट ल्याक नेपाल लगायतका संघ संस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरूले बहस गरे।

हिजोको बहसमा जाहेरवाला र सरकारी वकिलहरूको बहस सकिएपछि सन्दीप पक्षका वकिलहरूको बहस सुरु भएको छ ।

सन्दीपका पक्षका वकिलको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि अन्तिम फैसला आउने छ । सम्भवतः आजै या भोलिसम्ममा यो मुद्दाले अन्तिम किनारा पाउने सम्भावना छ ।

२०७९ साल कात्तिक १४ गते पीडित भनिएकी किशोरीले सन्दीपले आफूमाथि बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा दोषी ठहर भए सन्दीपले १० देखि १२ वर्षको जेल सजाय पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार