१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अन्तर्राष्ट्रिय बजारमा बढ्यो तेलको भाउ

१२ पुष २०८०, बिहीबार ०६:२९

पुस १२, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अघिल्लो दिनको कारोबारमा तीव्र कमीपछि बिहीबार तेलको भाउमा सुधार आएको हो । मध्यपूर्वमा तनाव बढिरहेको भए पनि लाल सागर भएर हुने ढुवानी अवरोध सम्बन्धी चिन्ता केही खुकुलो बनेपछि तेलको भाउले टेवा पाएको हो ।

लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहीबार बिहानी कारोबारमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव १ प्रतिशतले बढेर प्रतिब्यारेल ७९ डलर ७५ सेन्टमा पुगेको थियो । सोही अवधिमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि ५ सेन्ट तल झरेर प्रतिब्यारेल ७४ डलर शून्य ६ सेन्टमा किनबेच भइरहेको थियो । ढुवानी गर्ने प्रमुख कम्पनीहरूले लाल सागरबाट हुने ढुवानी सुचारु गरेपछि बुधबारको कारोबारमा दुवै बेञ्चमार्कको भाउ २ प्रतिशतले घटेको थियो ।

यो समाचार तयार पार्दासम्म ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ५३ प्रतिशतले बढेर प्रतिब्यारेल ७९ डलर ६६ सेन्टमा पुगेको थियो । सोही समयमा डब्ल्यूटीआईको भाउ पनि शून्य दशमलव ५० प्रतिशतले बढेर ७४ डलर १५ सेन्ट पुग्यो । लाल सागर भएर हुने ढुवानीमा केही सहजता देखिएको भए पनि मध्य पूर्वमा तनाव जारी छ । यस क्षेत्रको द्वन्द्वमा इरानको संलग्नताले तेल विक्री थप अप्ठ्यारो बनाएको विश्लेषण गरिएको छ । यस्तोमा तेल बजार पुनः बढ्न सक्ने बताइएको छ । डेनिश ढुवानी कम्पनी मेयस्र्कले आगामी हप्तादेखि स्वेज नहर र लाल सागर भएर दर्जनौँ कन्टेनर जहाज पठाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार