मिटरब्याजीले पीडितलाई अदालतमै कुटे, प्रहरीले जाहेरी दर्ता नगरेपछि रातभर धर्ना

Posted on: 28 Dec, 2023

पुस १२, काठमाडौं | मिटरब्याजीले कुटेको भन्दै पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि धर्ना बसेका छन्। मिटरब्याजी अभियुक्त श्याम निरौलाले अदालतमै दुई जना पीडितलाई कुटेको उनीहरुको आरोप छ ।

निरौलाले सकुन्ती यादव र सुकुमारी साहलाई कुटपिट गरेको आरोप छ। बुधबार बकपत्रका लागि अदालत पुग्दा मिटरब्याजी निरौलाले पीडितद्वयलाई कुटपिट गरेको उनीहरुले आरोप लगाएका हुन् ।

अदालतमै कुटपिट भएपछि पीडितहरुले प्रहरीसामू जाहेरी लिएर गएका थिए । तर, प्रहरीले जाहेरी लिन नमानेको भन्दै पीडितहरु चिसो रातमा धर्नामा बसेका हुन् ।

मिटरब्याज विरूद्धको संघर्ष समितिका केन्द्रीय संयोजक मनोज पासवानले सुरक्षाकर्मीकै अगाडि पीडितलाई कुटेका निरौलालाई प्रहरीले जोगाउन खोजेको आरोप लगाएका छन् ।

धर्ना बसेपछि मात्रै आज बिहान निरौलाविरूद्ध प्रहरीले जाहेरी दर्ता गरेको छ ।

विष्णुपुर गाउँपालिका–१ का बस्ने निरौलाविरूद्ध मिटरब्याज सम्बन्धी ३५ वटा उजुरी परेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!