१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीप लामिछानेविरुद्धको मुद्दा फैसलाको विन्दुमा

१२ पुष २०८०, बिहीबार ०७:१६

पुस १२, काठमाडौं | राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा लगभग फैसलाको विन्दुमा आइपुगेको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज तेस्रो दिन फैसला सुनवाइ गर्दैछन् ।

आइतबार पहिलो सुनवाइ भएको थियो भने सोमबार र मङ्गलवार सार्वजनिक बिदाका कारण अदालत बन्द रह्यो । हिजो बुधवार सुनवाइले निरन्तरता पायो । दुई दिनको सुनवाइमा जाहेरीकर्ता गौशाला-२६ का तर्फबाट वकिलहरूले बहस सिध्याएका छन् । वादी पक्षबाट १० जना वकिलहरूले बहस गरेका थिए ।

प्रतिवादी सन्दीपका तर्फबाट मुरारी सापकोटाले हिजो बहस गरे । आज थप ६ जना अधिवक्ताहरूले बहस गर्नेछन् । सन्दीपको पक्षबाट बहस गर्न पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ सहितको बलियो टीम छ । वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा, सरोज घिमिरे, सविता भण्डारी लगायतले आज बहस गर्ने छन् ।

सन्दीपका कानून व्यवसायीहरूको टीमले आजै फैसला आवस् भन्ने हिसाबले छिटो बहस सिध्याउने तयारी गरेका छन् । दिउँसो ३ बजेसम्ममा बहस सिध्याउने उनीहरूको योजना छ । त्यसपछि फेरि वादीपक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् । र, न्यायाधीशले फैसला सुनाउनेछन् । फैसला आजै हुन्छ वा हुँदैन भन्न सकिने अवस्था छैन । यद्यपि, सम्भावना छ ।

यता जिल्ला अदालतमा आफ्नो भाग्य फैसला भइरहँदा सन्दीप भने काठमाडौंमा छैनन् । उनी प्रो क्लब च्याम्पियनसीप टी-२० क्रिकेट खेल्न वीरगञ्ज पुगेका हुन् । यो प्रतियोगितामा उनले पर्सा ११ को कप्तानी गरिरहेका छन् । आजै उनको टिमको म्याच पनि छ । अदालतमा अन्तिम रस्साकस्सी भइरहँदा उनी मैदानमा प्रतिस्पर्धीसँग भिडिरहेका हुनेछन् ।

यता, जाहेरीकर्ता गौशाला २६ भने सम्भवतः अदालतमै हुनेछिन् । उनी हिजो बहस सुन्न जिल्ला अदालत उपस्थित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार