८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्दै

३० आश्विन २०७३, आईतवार ०३:३९

असोज ३०, कञ्चनपुर । कञ्चनपुरमा बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्न थालेको छ । आधारभूत तहमा भर्ना भएका विद्यार्थीहरु माध्यमिक तहसम्म नपुग्ने समस्या बढी देखिएको हो । 

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले गरेको सर्भेक्षणअनुसार विद्यालय बीचमै छाड्नेमा अधिकांश आर्थिक अवस्था कमजोर रहेका मुक्त कमैया, मुक्त हलिया, दलित, वादी, भूमिहीन, सुकुम्बासी र अपाङ्गता भएका बालबालिका बढी रहेका छन् ।

“आधारभूत तहमा भर्ना भएका आर्थिक अवस्था कमजोर रहेका पाँचदेखि १० प्रतिशत बालबालिकाले मात्रै माध्यमिक तहसम्म पुग्ने गरेको पाइएको छ । 

आधारभूत तहको कक्षा ५ सम्म जेनतेन पढे पनि त्यसपछि अभिभावकसँगै मजदुरी गर्न भारततर्फ जाने भएकाले बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेको जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले बताउनुभयो । 

यसलाई न्यूनीकरण गर्न छात्रवृत्तिका कार्यक्रम सञ्चालन भइरहेको र दिवा खाजा कार्यक्रम माग गरिएको सहायक जिल्ला शिक्षा अधिकारी भट्टले बताउनुभयो । 

सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम 

बालबालिकाको पढ्ने बानीको विकास गराउने उद्देश्यले कञ्चनपुरका २६१ सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिएको छ । 

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरसँगको सहकार्यमा ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) को रु दुई करोड ३४ लाख ५५ हजार ७५६ सहयोगमा दुई वर्षे कार्यक्रम सञ्चालन गरिएको हो । 

बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्नका लागि घरमा पढ्ने वातावरण सिर्जना गर्ने र अभिभावकलाई यसका लागि उत्तरदायी बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बेसका कार्यक्रम संयोजक तिलक चौधरीले बताउनुभयो । 

स्रोत केन्द्र, विद्यालय र गाउँघरस्तरमा पढ्ने वातावरणका लागि टोल कक्षा सञ्चालन गरिएका छन् । 

आधारभूत तहको कक्षा १ देखि ३ सम्मका बालबालिकाले किताबमा लेखिएका अक्षरहरु उच्चारणसमेत गर्न नसक्ने अवस्थाका रहेकाले उनीहरुलाई किताब पढ्न सक्ने र हिसाब गर्न सक्ने बनाउनका लागि टोल टोलमा कक्षा सञ्चालन गरी सघाउ पु¥याउने कार्यक्रम संयोजक चौधरीले बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता