ईपीएस कोरिया शाखाले भन्यो- मुद्दा हालेका १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउँछन्

Posted on: 28 Dec, 2023

पुस १२, काठमाडौं | ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएको छ ।

सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनु भनेर आदेश दिएको थियो ।


नयाँ फर्म खुला गरिएको आवेदन फाराम भर्न रोक नलगाउनु र निवेदकहरुलाई आवेदन फाराम भर्न दिनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश गरेको थियो । तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिने भएको हो ।

सिपबिल्डिङ परीक्षामा फेल भएका १८ जना बाहेकले भने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै आन्दोलन सुरु गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!