विद्युतको बक्यौता तिर्न बाँकी रहेका अरु उद्योगहरूको लाइन क्रमशः काट्छौं: कुलमान घिसिङ

Posted on: 28 Dec, 2023

पुस १२, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युतको बक्यौता तिर्न बाँकी रहेका अरु उद्योगहरुको लाईन पनि क्रमशः काटिने चेतावनी दिएका छन् ।

आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएका हुन् । उनकाअनुसार डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूबाट यही वर्षको मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

उनले धेरै पटक आग्रह गर्दापनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट केही उद्योगहरूको विद्युत् लाइन विच्छेद गर्न सुरु गरिएको जनाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!