बनेपाका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत

Posted on: 28 Dec, 2023

पुस १२, काभ्रे | काभ्रेको बनेपा नगरपालिकाले दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने भएको छ ।

नगरपालिकाका अनुसार ६० वर्षभन्दा माथिका दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने बताएको छ ।

१४ वटै वडामा स्वास्थ्य शिविर गरेर कृत्रिम दाँत निःशुल्क राखिदिने भन्दै विहीबार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले एक सूचना जारी गरेका हुन् ।

नगरपालिकाका जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले नगरपालिकाले पहिले सबै वडाको स्वास्थ्य सेवा केन्द्र मार्फत सेवाग्राहीलाई शिविर मार्फत छनोट गरेर निःशुल्क दाँत हालिदिनेछ ।

‘स्वास्थ्यकर्मीको टोलीले वडाको स्वास्थ्य सेवा केन्द्रबाट सेवाग्राहीलाई कस्तो दाँत चाहिन्छ, राख्न मिल्छ कि मिल्दैन, कतिवटा दाँत चाहिन्छ भनेर संकलन गरेर ल्याउँछन् । नगरपालिकाले सोही अनुसार टेण्डर गरी दाँत राख्न अस्पताल वा स्वास्थ्य संस्था मार्फत दाँत राखिदिन्छ,’ महतोले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!