मन्त्री फेरेर काम हुँदैन : शशांक

Posted on: 28 Dec, 2023

पुस १२, काठमाडौँ | नेपाली कांग्रेसका नेता शशांक कोइरालाले मन्त्री फेरेर काम नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकबाट बिहीबार निस्कने क्रममा उनले व्यक्ति परिवर्तन गरेर काम नहुने बताए ।

“मान्छे परिवर्तन गरेर हुँदैन । उनीहरूबाट नै काम लिनुपर्‍यो,” कोइरालाले भने ।


मन्त्रीहरूले काम गर्न नसकेको उनको ठहर छ । किन गर्न सकेका छैनन्, उनीहरूलाई के अप्ठ्यारो छ भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

“काम त राम्रो भएको छैन, मान्छे परिवर्तन गरेर काम हुन्छ भन्ने के छ ? मान्छेले पहिले सोच्नुपर्‍यो– मन्त्री भएपछि के काम गर्ने ? समयमा नीति तय गरेर नीतिअनुसार काम गर्नुपर्‍यो,” उनले भने ।

तपाईं मन्त्री नबन्ने ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले प्रतिप्रश्न गरे, “मन्त्री किन बन्नुपर्‍यो ?”

यस बिषयमा तपाइको प्रतिक्रिया...!