१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घरको छतबाट खसेर युवकको मृत्यु

१३ पुष २०८०, शुक्रबार ०७:३३

पुस १३, काठमाडौँ | दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। 

तुलसीपुर उपमहानगरपालिका–५ शारदा टोलस्थित आफ्नै दुई तले घरबाट खसेका ३५ वर्षीय टंकबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार वली बिहीबार बेलुका आठ बजेर २० मिनेट तिर घरको छतबाट खसेका थिए। उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएकोमा उपचार संभव नभएपछि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजका लागि रिफर गरिएको थियो। 

कोलहपुरतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएपछि फर्काइएको थियो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुक्रबार बिहान २ बजे पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक मल्लले बताए। 

शव पोष्टमर्टमको लागि अस्पतालमै राखिएको छ। 

प्रहरीका अनुसार मानसिक रोगी वलीले एकाएक छतबाट हाम फालेको अनुमान गरिएको छ।  

छतबाट खसेका वलीको टाउको लगायत शरीरको भित्री अंगमा गम्भीर चोट पटक लागेको हुँदा मृत्यु भएको चिकित्सकले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार