२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीपको मुद्दामा बालबालिकासम्बन्धी ऐनको बहस, रमण श्रेष्ठले भने- जाहेरीकर्ता नाबालिग होइनन्

२०८०, १३ पुष शुक्रबार ०७:४३

पुस १३, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसला सुनवाइ अन्तिम चरणमा पुगेको छ । वादी तर्फका वकिलहरूले बहस सिध्याइसकेका छन् भने प्रतिवादी तर्फका वकिल दुईजनाले मात्रै बहस गर्न बाँकी रहेको स्रोतले बतायो ।

आज प्रतिवादी सन्दीप लामिछानेका तर्फबाट पूर्वमहान्याधीवक्ता रमण श्रेष्ठले करिब एक घण्टा लामो बहस गरे । उनले जाहेरीकर्ता नाबालिग नरहेको र उनले दाबी गरेअनुसार बारदात स्थापित पनि नभएको तर्क गरेका छन् ।

गौशाला २६ का विभिन्न कागजातहरूमा फरक-फरक जन्ममिति देखिएको सन्दर्भमा कुनलाई आधिकारिक मान्ने भन्ने न्यायाधीश शिशिरराज ढकालको प्रश्न थियो । जवाफमा श्रेष्ठले बालबालिकासम्बन्धी ऐनले यस सम्बन्धमा स्पष्ट व्यवस्था गरेको औंल्याए ।

बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार सबैभन्दा पहिले अस्पतालबाट जारी भएको बालबालिकाको जन्मदर्तामा उल्लेखित जन्ममिति हेरेर निर्णय लिइन्छ । तर, उक्त जन्मदर्ता नभएमा स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिलाई आधार बनाइन्छ । यो पनि नभएको खण्डमा विद्यालयको चारित्रिक प्रमाणपत्र वा विद्यालय भर्ना हुँदाको बखत उल्लेख गरिएको जन्ममिति हेर्नुपर्छ ।

त्यो पनि नभए अस्पतालबाट प्रमाणित उमेरसम्बन्धी कागजात र त्यो पनि नभए जन्मकुण्डली, चिना टिपोट, बाबुआमाले खुलाइदिएको उमेर आदि प्रमाण हेरिन्छ । यो ऐनले व्यक्तिको नागरिकतालाई भने कुनै महत्व दिएको छैन ।

ऐनले उल्लेख गरेका पाँचवटै कागजातहरूले गौशाला २६ को उमेर सन्दीपसँग भेट हुँदाको बखत १८ वर्ष काटिसकेको देखिने श्रेष्ठले स्पष्ट पारेका थिए ।

यसैगरि, उनले आफूमाथि बलात्कार भएको भन्ने गौशाला २६ को दाबी आधारहीन रहेको बताए । उनले जाहेरीकर्ताले भनेको जस्तो बारदात स्थापित नै नहुने बताए ।

मेडिकल परीक्षणमा ‘ओल्ड टियर’ देखिनुले नै बलात्कार नठहरिने श्रेष्ठको तर्क छ । डाक्टरले समेत अदालतलाई यो मेडिकल रिपोर्टकै आधारमा बलात्कार भन्न नमिल्ने बयान दिएको उल्लेख गर्दै श्रेष्ठले थपे, ‘साइकल चलाउँदा वा अन्य शारीरिक क्रियाकलापले पनि वल्ड टियर देखिन सक्छ भन्ने डाक्टरले नै बकपत्र दिइसकेको अवस्थामा यसकै आधारमा सन्दीपबाट बलात्कार भएको ठहरिन सक्दैन ।’

यता, वादीतर्फका वकिलहरुले भने गौशाला नाबालिग नै रहेको जिकिर गरेका छन् । उनीहरूले गौशालाको नागरिकतालाई मुख्य आधारका रूपमा प्रस्तुत गरेको स्रोतले बतायो ।

‘नागरिकता उमेरसम्बन्धी मुख्य कागजात हो, अरु गौण हुन्’ एक सरकारी वकिलले तर्क गरेका थिए ।

आज सन्दीपका वकिलहरूको बहस केही बेरमा सकिएर फेरि जाहेरीकर्ताका वकिलले जवाफी बहस गर्नेछन् । उनीहरूले असामान्यरूपमा बहस नलम्ब्याएको खण्डमा आजै फैसला आउने सम्भावना छ । यद्यपि, उनीहरूले बहस लम्ब्याउने मुडमा रहेको स्रोत बताउँछ । अदालतमा गौशाला २६ उपस्थित छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी