ईपीएस आन्दोलनकारीको घेराबाट कसरी उम्किए मन्त्री प्रकाश ज्वाला ?

Posted on: 29 Dec, 2023

पुस १३, काठमाडौँ | ईपीएस आन्दोलनकारीको घेराउमा परेर जोगिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनको बारेमा मेसो नपाउँदा गाडी जल्नेसम्मको अप्रिय घटना भएको बताएका छन् ।

बालकुमारीबाट सातदोबाटोतर्फ गइरहेका बेला आन्दोलनकारीले पुलमै गाडी रोकेर मन्त्री तथा पीएसओ र चालकलाई निकालेर आगो लगाएका थिए । गाडीसँगै मन्त्रालयका महत्वपूर्ण कागजात समेत जलेको मन्त्री ज्वालाले बताएका छन् ।


मन्त्रीका पीएसओले गोली चलाएर गाडी तथा मन्त्री जोगाउन सक्थे । तर, मन्त्रीले नै गोली चलाउन दिएनन् । यसो गर्दा गाडीमा रहेको ल्यापटपलगायका महत्वपूर्ण सामग्री समेत जलेका छन् ।

मन्त्रीले घटनाबारे यसो भने, ‘हामी बालकुमारीबाट सातदोबाटोतर्फ जान लागेका थियौं । ईपीएसवालाको लफडा चलिरहेको रहेछ । तर, हामीलाई थाहा थिएन । हाम्रो गाडीलाई बीचमा पारेर घेरा हालिसकेका थिए । उनीहरूले पहिले गाडीको हावा खुस्काए त्यस क्रममा धकेलाधकेल गर्न थाले । हामी त कसोकसो त्यसबाट उम्कियौं । तर, गाडीभित्रको ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन । जसोतसो हामी उम्कियौं । तर, सबै चिज जल्यो, गाडी त देखिहाल्नुभयो होला ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!