असोज ३०, रत्ननगर (चितवन) | पश्चिम चितवनको मेघौलीबाट भदौ २३ गते उद्धार गरिएको गैँडाको बच्चा (केटो) मरेको छ । 

चितवन निकुञ्जका सूचना अधिकारी नु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ३०, रत्ननगर (चितवन) | पश्चिम चितवनको मेघौलीबाट भदौ २३ गते उद्धार गरिएको गैँडाको बच्चा (केटो) मरेको छ । 

चितवन निकुञ्जका सूचना अधिकारी नु"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

टुहुरो गैँडाको बच्चा (केटो) मर्यो

३० आश्विन २०७३, आईतवार ०४:३४


असोज ३०, रत्ननगर (चितवन) | पश्चिम चितवनको मेघौलीबाट भदौ २३ गते उद्धार गरिएको गैँडाको बच्चा (केटो) मरेको छ । 

चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले सौराहामा राखेर उपचाररत गैँडाको बच्चा (केटो) मरेको आज जानकारी दिनुभयो । करिब पाँच महिनाको केटोलाई पश्चिम मेघौलीबाट उद्धार गरेर राखिएको थियो । 

उद्धारका बेला शरीरभरि बाघको आक्रमणले घाउ नै घाउ थियो । बायाँ खुट्टाको पिँडुला भाँचिएको र दायाँ खुट्टाको तिघ्रा नजिकै गम्भीर चोट लागेको थियो । सोही चोटका कारण मरेको निकुञ्जले जनाएको छ । 

अघिल्लो महिना होटल मेघौली सेराईले करेन्ट छाडेको स्थानमा आउँदा करेन्ट लागेर मरेको माउ गैँडाको बच्चा भौँतारिँदै जाँदा बाघको पञ्जामा परेको अनुमान निकुञ्जले गर्दै आएको थियो । 

ऊ सँगै नवलपरासीबाट ल्याइएको अर्का सानो टुहुरो केटो भने अहिले तन्दुरुस्त भएको निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिनुभयो । नवलपरासी अमलटारीको मयुरे सामुदायिक वनस्थित नदी किनारमा फेला पारेपछि भदौ २० गते उसको उद्धार गरिएको थियो । उक्त वनमा फेला परेकाले उसलाई मयुरे भनेर बोलाइन्छ । 

चितवन निकुञ्जमा पटक पटक यसरी वन्यजन्तुका बच्चाहरु आमासँग बिछोडिँदा, बाघको आक्रमणमा परेर उद्धार गर्नुपर्ने अवस्थामा भेटिँदै आएका छन् । तर भरपर्दा वन्यजन्तु अस्पताल र उद्धार केन्द्र नहुँदा भने यस्ता वन्यजन्तु जोखिममा छन् । 

केही महिना अघि रौतहटबाट तस्करको गोली लागेर गम्भीर घाइते भई उद्धार गरिएको एउटा गैँडासमेत चितवनमा उपचारका क्रममा अघिल्लो महिना मरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता