मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने पाँच जना पक्राउ

Posted on: 29 Dec, 2023

पुस १३, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने पाँच जना पक्राउ परेका छन् ।

आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । गाडीमा आगजनी गर्ने पाँच जनालाई पक्राउ  गरेकाे उनले बताए ।

उनले भने “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ ।” ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!