१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतमा टेस्लाको ईभी फ्याक्ट्री खोल्दै एलन मस्क

१३ पुष २०८०, शुक्रबार ०९:२८

पुस १३, काठमाडौँ | विद्युतीय सवारी निर्माता टेस्लाले पहिलो पटक भारतमा म्यानुफ्याक्चर प्लान्ट बनाउने भएको छ । भारतीय सञ्चारमाध्यम अहमदाबाद मिररले आगामी जनवरी, २०२४ मा टेस्लाले भारतकाे गुजरातमा प्लान्ट स्थापनाको घोषणा गर्न लागेको दाबी गरेको छ ।

उक्त मिडियाका अनुसार गान्धीनगरमा हुने 'भाइब्रेन्ट गुजरात समिट २०२४' मा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क उपस्थित हुनेछन् । सोही कार्यक्रममा मस्कले म्यानुफ्याक्चर प्लान्ट स्थापनाको घोषणा गर्ने बताइएको छ ।

मिडिया रिपोर्टमा म्यानुफ्याक्चर प्लान्ट स्थापना गर्न उपयुक्त हुने ठाउँका लागि कम्पनीले गुजरात सरकारसँग छलफल गरिरहेको उल्लेख छ । उक्त राज्य सरकारले टेस्ला प्लान्टका लागि गुजरातको सानन्द, धोलेरा, बेराजीजस्ता ठाउँ प्रस्ताव गरेको समेत जनाइएकाे छ ।

एसियाली बजारको मागलाई मध्यनजर गर्दै कम्पनीले विद्युतीय सवारी निर्माणका लागि भारतमा टेस्ला प्लान्ट स्थापना गर्न इच्छा देखाएकाे छ । यद्यपि अहिलेसम्म टेस्ला वा गुजरात सरकारले यसबारे आधिकारिक रूपमा पुष्टि गरिसकेका छैनन् ।

विगत केही वर्षदेखि नै टेस्ला भारतमा प्रवेश गर्न चाहेको चर्चा भइरहेको छ । गत जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा पनि एलन मस्कले उनीसँग भेटवार्ता गरेका थिए । सोही भेटमा उनीहरूबीच भारतमा टेस्ला प्लान्ट स्थापना गर्नेबारे छलफल भएको थियाे ।

त्यस्तै नोभेम्बरमा भारतका युनियन कमर्स मिनिस्टर पियुश गोयलले आफ्नो अमेरिका भ्रमणमा क्यालिफोर्नियामा रहेको टेस्लाको फ्याक्ट्री भ्रमण गरेका थिए ।

२०२१ मा एलन मस्कको ईभी कम्पनीले विद्युतीय सवारी साधनको आयात शुल्कमा कटौती गर्न खोजेको थियो । भारतमा सवारी साधनको आयात मूल्यको आधारमा विद्यमान दायरा ७० देखि १०० प्रतिशतबाट घटाएर ४० प्रतिशत पुर्‍याउनुपर्ने उसको माग थियो ।

तर, भारतले आयात शुल्क घटाउन नचाहेपछि टेस्लाले आफ्नो कम्पनी भारतमा नलैजाने अडान राखेको थियो । त्यसबाहेक मस्कले त्यस वर्ष सुरुमा बिक्री र आयातित कारका लागि सेवा उपलब्ध नगराएसम्म भारतमा उत्पादन कारखाना नराख्ने बताएका थिए ।

अहिले भने भारत सरकारबाट सहयोगको प्रतिबद्धता पाएपछि टेस्ला भारतमा प्रवेश गर्न लागेको विश्लेषण गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार