अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा महिला पक्राउ

Posted on: 29 Dec, 2023

पुस १३, काठमाडौँ | अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा घर भएर सामाखुसी बस्ने ४६ वर्षीय पार्वती थापा छिन् ।


पीडितलाई अमेरिका पठाइदिन्छु भनेर १४ लाख ९० हजार लिएपछि उनी सम्पर्क विहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र्र रेग्मीले रातोपाटीलाई बताए । अमेरिकामा मासिक साढे ३ लाख तलब आउने जागिर पाइने आश्वासन दिएर पार्वतीले अमेरिका पुग्न ३० लाख लाग्ने बताएर पीडितलाई प्रभावमा पारेकी थिइन् ।

पटकपटक गरेर १४ लाख ९० हजार लिएर सम्पर्क विहीन भएपछि पीडितले उनीविरुद्ध वैदेशिक रोजगार विभाग ताहाचलमा उजुरी गरेका थिए । आरोपीलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!