१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१० महिनामा त्रिभुवन विमानस्थलबाट ७० लाख २३ हजारले गरे यात्रा

१३ पुष २०८०, शुक्रबार १०:२१

पुस १३, काठमाडौँ | काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० महिनाको अवधिमा ७० लाख २३ हजार ९०७ जना यात्रुले यात्रा गरेका छन् । यो काठमाडौं भित्रने र यो विमानस्थल हुँदै बाहिरिने यात्रुको संख्या हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्मको तथ्यांक अनुसार १० महिनामा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल प्रयोग गर्ने यात्रुको संख्या ३६ लाख ७९ हजार ६०५ जना रहेको छ ।


आन्तरिक टर्मिनल प्रयोग गर्ने यात्रुको संख्या ३३ लाख ४४ हजार ३०२ रहेको तथ्यांक छ । यस अवधिमा काठमाडौंबाट १९ लाख ५८ हजार ६८७ जना यात्रु विदेश उडेका छन् । विदेशबाट काठमाडौं भित्रने यात्रुको संख्या १७ लाख २० हजार ९१८ रहेको छ । बाहिरी जिल्लाबाट जहाजमा काठमाडौं भित्रने यात्रुको संख्या १६ लाख ६८ हजार २७ रहेको छ । काठमाडौंबाट बाहिरी जिल्लामा जाने यात्रुको संख्या १६ लाख ७६ हजार २७५ जना रहेको तथ्यांक छ ।

यस अवधिमा काठमाडौं विमानस्थलमा कुल २५ हजार ६७४ वटा अन्तर्राष्ट्रिय उडान अवतरण (फ्लाइट मुभमेन्ट) भएका छन् । जसमध्ये १२ हजार ८३७ उडान र १२ हजार ८३७ नै अवतरण भएको तथ्यांक छ । आन्तरिकतर्फ कुल ७८ हजार ६६३ वटा उडान–अवतरण भएका छन् । जसमध्ये अवतरण ३९ हजार ३१९ र उडान ३९ हजार ३४४ रहेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार