१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुहुनो भैंसी चोरी गर्ने तीन जना पक्राउ

१३ पुष २०८०, शुक्रबार ११:१५

पुस १३, बारा । इलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत पथलैया चौकीले भैंसी चोरी भएको २४ घण्टा नबित्दै चोरलाई पक्राउ गरेको छ भने भैंसीसमेत बरामद गरेको छ । कलैया उपमहानगर–२०, सखुईबाट गएराति चोरी भएको दुहुनो भैंसीसहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब २ बजेर ३० मिनेटमा पथलैया चोकबाट दुहुनो भैंसीसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । प्रहरीले गाडी चालक मकवानपुर जिल्ला मनहरी गाँउपालिका वडा नं ३ बस्ने ४२ वर्षीय प्रकाश राई, सोही ठेगाना भएका सहचालक २२ वर्षीय विशाल भन्ने आयुष राई र कलैया उपमहानगर वडा नं २० का २७ वर्षीय अरमान अन्सारीलाई नियन्त्रणमा लिएको हो ।


प्रहरीका अनुसार भैंसी चोर्ने मुख्य नाइके अन्सारी हुन् । बा.प्र.०३–००१ च १४०५ नम्बरको पिकअप गाडी चेकजाँचको क्रममा दुहुनो भैंसी भेटेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त भैंसी कलैया उपमहानगर–२०, सखुईका रामराज चौधरीको घरबाट चोरी भएको हो । बिहीबार राति भैंसी चोरी भएको उनले बताए ।

राति ३ बजेतिर उठेर हेर्दा गोठमा भैंसी नदेखेपछि आफूहरुले बिहान ५ बजेसम्म आसपासका क्षेत्रमा खोजी गरे पनि नभेटिएको उनले सुनाए । घरमा ६ जनाको परिवारलाई यही भैंसीको दुध बेचेर पाल्दै आएको उनको भनाइ छ । बजारमा दुहुनो भैंसीको मूल्य १ लाखदेखि १ लाख २० हजार रुपैयाँसम्म पर्दछ ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले गाउँमा दुहुनो भैंसी र पाडा चोरी भएका धेरै उजुरी आएकाले चेकजाँचमा कडाइ गर्ने गरेको बताए । 

‘भैंसी किनबेच गरेको बिल र अन्य कागजपत्र नभएसम्म पथलैया चेकपोष्टबाट भैंसी र पाडा बोकेको गाडी अगाडि बढ्न नदिन सबै मातहतका चौकीलाई मैले निर्देशन दिइसकेको छु,’ उनले भने, ‘हामीकहाँ केही दिनअघि ३–४ वटा भैंसी चोरी भएको लिखित उजुरी आएको छ, त्यसैको चेकजाँच गर्ने क्रममा यो भैंसी भेटिएको हो ।’

दुई साता अघि जीतपुर सिमरा वडा नं १९ र २० बाटमात्रै ४ वटा भैंसी हराएको उजुरी इप्रका सिमरामा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार