सिरहामा जलेको अधकल्चे अवस्थामा शव फेला

Posted on: 29 Dec, 2023

पुस १३, काठमाडौँ |  सिरहामा पराल हालेर जलाएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका ६ स्थित गागन खोलामा जलाएको अधकल्चे अवस्थामा अन्दाजी २५/२६ वर्षीय युवकको शव फेला परेको हो ।

सिरहाका प्रहरी उपरीक्षक टेकुइवा लिम्बुका अनुसार आज शुक्रबार बिहान ११ बजेतिर स्थानीयबासिन्दाले अर्धकल्चो जलेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पराल झारपातले शव जलाउन खेजिएको जस्तो देखिएको एसपी लिम्बुले बताए ।

मृतकको पहिचान खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ ।

घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर हतारहतार जलाउने खोजेको जस्तो देखिएको प्रहरीको भनाइ छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको एसपी लिम्बुले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!