८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका बीस प्रहरी बिभागीय कारबाहीमा

३० आश्विन २०७३, आईतवार ०५:०५

असोज ३०, रोल्पा । रोल्पामा कार्यरत प्रहरी कर्मचारीमध्ये २० जना विभागीय कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

जसअन्तर्गत दुईजनालाई सशक्त चेतावनी दिइएको छ भने १४ जना नसिहतमा परेका छन् । यसैगरी तीनजनाको तलब वृद्धि रोक्का भएको छ भने एकजनालाई निलम्बन गरिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

कारबाहीमा पर्नुको कारण अनुशासनहीन काम गरेको, मापसे सेवन र आफ्नो ड्युटी नगरेको बताइएको छ । त्यसो त जिल्लाका दुईजना प्रहरी कर्मचारीले क्षेत्रीयस्तरको पुरस्कारसमेत प्राप्त गरेका छन् । 

प्रहरी कर्मचारीलाई सेवाप्रति जवाफदेही बनाउन तथा असल काम गर्नेलाई प्रोत्साहन गर्न एवम् खराव काम गर्नेलाई दण्डित गर्न पुरस्कार र दण्डको व्यवस्था गरिएको र यसलाई आगामी वर्ष थप कडाइका साथ पालना गर्ने जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ । 

यता रोल्पा जिल्लालाई सरकारले सुरक्षा संवेदनशील जिल्ला भनेर राखेको भए पनि हाल जिल्लामा दरबन्दीअनुसार प्रहरी कर्मचारीको व्यवस्था हुन सकेको छैन । जिल्लामा ६०६ जना प्रहरी कर्मचारीको दरबन्दी रहेकामा हाल ३८२ जनामात्र कार्यरत रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता