सन्दीपका वकिलले भने–जिल्लाको फैसला चित्त बुझेन, उच्च अदालत जान्छौँ

Posted on: 30 Dec, 2023

पुस १४, काठमाडौँ | सन्दीप लामिछानेका वकिलले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका छन् । 

जिल्ला अदालत काठमाडौँले शुक्रबार जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिग रहेको ठहर गरेको थियो । 

अदालतको आदेशपछि सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै उच्च अदालत जाने बताएका हुन् । 

उनले भने,'सम्मानित अदालत र माननीय न्यायाधीशको स्वतन्त्रता र सक्षमतामा हामीलाई अटल आस्था, भरोसा र विश्वास छ । क्रिकेटर सन्दीप लामिछानेको हकमा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर हुने गरी भएको फैसलामा हाम्रो चित्त बुझेको छैन । हाम्रो पक्ष दोषी होइन भन्ने कुरामा हामी विश्वस्त भएको हुँदा हामी उच्च अदालत जानेछौँ ।'

यस बिषयमा तपाइको प्रतिक्रिया...!