बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई मुद्दा नचलाई छाडियो

Posted on: 31 Dec, 2023

पुस १५, काठमाडौँ | बालकुमारी घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका ७३ जनालाई प्रहरीले मुद्दा नचलाई छाडेको छ।

भौतिक योजना तथा यातामन्त्रीको गाडी तोडफोड भएको आरोपमा शुक्रबार प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई प्रहरीले मुद्दा नचलाई सामान्य सोधपुछबाट छाडेको हो।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा उत्पादनमुल क्षेत्रमा आवेदन दिन पाउनुपर्छ भन्दै प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापा जानकारी दिए।

‘मुद्दा चलाइएको छैन, सामान्य सोधपुछपछि छाएिको छ’, उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी थापाले भने।

पानीजहाजसम्बन्धी कामका लागि गत साउनमा लिइएको भाषा परीक्षामा सामेललाई पछिल्लो पटक माग गरिएको ‘उत्पादनमूलक’ क्षेत्रमा खुला गरिएको आवेदनबाट वञ्चित गराइएपछि ग्वार्को-बालकुमारी सडक अवरुद्ध पारेर प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले बल प्रयोग गर्दा शुक्रबार दैलेखको महाबु-६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी-१ का वीरेन्द्र शाहको ज्यान गएको थियो।

उनीहरुको ज्यान गएपछि जनस्तरबाट देशभर सरकारको आलोचना शुरु भएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!