१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जब एयरपोर्ट ठानेर जमेको नदीमाथि उत्रियो विमान

१५ पुष २०८०, आईतवार ०८:२१

पुस १५, काठमाडौँ |  प्रायः प्राविधिक समस्या तथा पाइलटको गल्तीका कारण ठूला-ठूला विमान दुर्घटनाका घटना हुन्छन् । पाइलटले भुलवश कुनै आवासीय क्षेत्रमा वा सडकमा समेत जहाज अवतरण गराएका घटनासमेत दुनियाँमा सुनिन्छ कहिलेकाही। हालै रुसमा एउटा यस्तै घटना भएको छ, जुन सुन्दैमा डरलाग्दो छ ।

समाचार अनुसार पोलार एयरलाइन्सको एउटा जहाज बिहीबार पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीहरुको भाग्य बलियो रहेछ, किनकि जहाज ओर्लिएको उक्त नदी चिसोका कारण पूर्णरुपमा जमेको थियो ।


सो विमानमा ३० जना यात्रु र ४ जना चालकदलका सदस्य थिए । सो घटनामा विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक लागेको छैन ।

रुसी एयरलाइन्सको विज्ञप्ति अनुसार उक्त जहाज याकुत्स्क-जायर्यंका-स्रेडनेकोलिम्स्क रुटमा उडान भरिरहकेो थियो । एन्टोनोभ २४ फ्लाइट याकुतिना क्षेत्रमा जिर्यंका विमानस्थलको रनवेमा अवतरण गर्नुको साटो नदीमै अवतरण भयो ।

पोलार एयरलान्सका अनुसार बउक्त घटनाको बारेमा रुसको संघीय हवाई यातायात एजेन्सीको क्षेत्रीय विभागले अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक जानकारी अनुसार चालक दलका सदस्यको गल्तीका कारण विमान रनवेको साटो जमेको नदीमाथि अवतरण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार