विश्वमा सबैभन्दा पहिले कहाँ मनाइन्छ नयाँ वर्ष २०२४ ?

Posted on: 31 Dec, 2023

एजेन्सी | नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गर्ने तयारी भइरहेको छ । केही देशहरू छन् जहाँ नयाँ वर्ष उत्सव सबैभन्दा पहिला सुरु हुन्छ। सम्पूर्ण विश्वलाई २४ वटा टाइम जोनमा विभाजन गरिएको छ, त्यसैले विभिन्न समय क्षेत्रका आधारमा विभिन्न देशहरुमा नयाँ वर्ष मनाइन्छ ।

प्रशान्त महासागरमा सबैभन्दा पहिला नयाँ वर्षको उत्सव सुरु हुन्छ। अकल्याण्ड र सिड्नीमा निकै तयारी गरिएको छ । सन् २०२४ को नयाँ वर्षको पहिलो उत्सव प्रशान्त महासागरको एउटा सानो टापु देश किरिबाटीको लाइन टापुमा मनाइँदैछ ।

नेपाली समयअनुसार आइतबार दिउँसो ३ः४५ बजेदेखि लाइन टापुमा नयाँ वर्ष शुरु भएको हो ।

लाइन टापुका बासिन्दाहरूले सुँगुरको भुटेको मासु, क्रेफिस र परम्परागत खानाको साथ नयाँ वर्ष मनाउँछन्। किरिबाटीको कुल जनसङ्ख्या एक लाख १९ हजार रहेको छ । यसको राजधानी तरावा हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!