१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भोलिदेखि साउदीमा कामदार नपठाउने मेनपावर व्यवसायीको अडान

१५ पुष २०८०, आईतवार ११:४०

पुस १५, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भोलिबाट साउदी अरबमा कामदार नपठाउने अडान लिएको छ ।

साउदी दूतावासले सरकार र व्यवसायीसँग समन्वय नै नगरी बायोमेट्रिक लागू गरेकोले नेपाली कामदार साउदी नपठाउने निर्णय गरिएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

भण्डारीले भने, ‘कुनै मेनपावर कम्पनीले पठायो भने पनि हामी कारबाही छौं । भारत र बंगलादेशबाट काम गर्न जाने कामदारलाई पनि यसभन्दा पहिले नै साउदीले बायोमेट्रिक लागू गर्न खोजेको थियो । भारत र बंगलादेशले विरोध गरेपनि साउदी पछाडि हटेको थियो ।’


उनले बायोमेट्रिकले कामदारलाई आर्थिक भार पर्ने भएकाले आफूहरूले विरोध गरेको बताएका छन् । साउदीले सन् २०२४ को सुरुदेखि बायोमेट्रिक लागू गर्ने तयारी गरेसँगै पहिलो दिनबाटै व्यवसायीले रोजगारीका लागि नेपाली कामदार नपठाउने बताएका हुन् ।

अहिले भिजिट र परिवरिक भिजामा बायोमेट्रिकका लागि १७ हजार लिइरहेको छ । कामदारलाई सुरूमा ७ सय रूपैयाँ लिने भनिएको छ । भने विस्तारै बढाउँदै जाने उल्लेख छ । प्रतिदिन ५० जनाको मात्रै बायोमेट्रिक गर्ने कोटा दिने भनिएको छ । नेपालबाट प्रत्येक दिन करिब ३ देखि ४ सय नेपाली रोजगारीको लागि साउदी जाने गरेका छन् ।

बायोमेट्रिकका गर्न काठमाडौंमा आएर वस्नुपर्ने कारणले पनि आर्थिक बोझ थपिने भण्डारीले बताए । साउदीमा ४ लाख नेपालीले काम गरिरहेको उनको भनाइ छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे बायोमेट्रिकसँगै आएको विरोधबारे आफूहरूले बुझ्ने बताए ।

उनले भने, ‘सरकार र व्यवसायीसँग नै साउदी अरबको दूतावासले छलफल नै नगरी बायोमेट्रिक लागू गर्न खोजेको भन्ने छ । यस विषयमा छलफल गर्नेछौं । कामदारलाई सहज बनाएर नै पठाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार