१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालकुमारी घटनाबारे सशस्त्रका आईजीको जवाफ– न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको सिद्धान्त हो

१६ पुष २०८०, सोमबार ०६:५७

पुस १६, काठमाडौँ | २ जनाको ज्यान गएको र मन्त्रीको गाडीमाथि आगजनी भएको ललितपुरको बालकुमारी घटनाका बारेमा सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालले राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार जवाफ दिएका छन्। 

समितिमा जवाफ दिँदै आईजी अर्यालले न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको मुख्य सिद्धान्त रहेको बताए। ‘न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको मुख्य सिद्धान्त हो। र, फिल्डमा त्यहीअनुसार प्रयोग गरिएको छ,’ आईजी अर्यालले भने, ‘तर अब न्यूनतम बल प्रयोग भनेको कति भन्ने कुरा चाहिँ त्यहाँको अवस्थाअनुसार भर पर्छ। छानबिन समिति गठन भएकाले अब त्यो कुरा आउला।’ 


आईजी अर्यालले बालकुमारी घटनालाई विभिन्न पाटोबाट हेर्नुपर्ने बताए। ‘युवाहरुको एउटा पक्ष छ। ईपीएस अर्को पक्ष छ। भीआईपी, भीभीआईपीको कुराको छ। न्यायालयको डिसिजनको पक्ष र सुरक्षाको पक्षलाई छुट्टाछुट्टै हेरिए बुझ्न सहज हुन्छ,’ आईजी अर्यालले भने। 

‘साधान स्रोत नभएका कुराहरु पनि आइसकेका छन्। कतिपय अवस्थामा साधन स्रोत भए पनि समन्वय भएन भने क्षति हुन्छ। क्षति न्यूनीकरण गर्ने प्रयास भएकै देखिन्छ,’ अर्यालले भने। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार