१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दिल्लीमा यौन व्यवसाय चलाएको आरोपमा नेपाली दम्पत्ती पक्राउ

१६ पुष २०८०, सोमबार ११:२८

पुस १६, काठमाडौँ | दिल्लीमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक नेपाली दम्पत्तीलाई पक्राउ गरेको छ। 

मानव बेचबिखन अनुसन्‍धान ब्युरोले दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका-७ बस्ने ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया टिकाकुमारी वली छन्। टिकाकुमारीले आफूलाई अस्मिता भण्डारी र रिया वलीको नामले पनि चिनाउने गरेकी छन्। 


उनीहरूले दिल्लीमा विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ राम्रो हुने भन्दै प्रलोभन देखाएर नेपाली युवतीलाई यौन व्यवसायमा लगाएको आरोप छ। 

दिल्लीमा अपार्टमेन्ट भाडामा लिएर अनलाइनमार्फत विज्ञापन गरी पीडितलाई व्यवसाय गराउने गरेको एसपी पंगेनीले बताए। 

‘अपार्टमेन्टमा पनि सिसिटिभी जडान गरिएको छ। पीडितहरूलाई नयाँ फोन, सीम दिएर नयाँ ह्वाट्सएप, फेसबुक लगायतका खाता बनाउन दिएर पासवर्ड भने आफैंले राख्ने गरेको पनि देखिन्‍छ,’ उनले भने।

यसको लागि ह्वाट्सएपमार्फत ग्राहकसँग कुराकानी गर्ने गरेको अनुसन्धानमा देखिन्छ।

पैसा तिरेपछि उनीहरूले पीडित महिलाहरूलाई बोलाएको ठाउँमा पठाउने गरेको पाइएको हो। यसरी काममा लगाएपछि पीडितलाई २० प्रतिशत दिएर बाँकी आफूहरूले लिने गरेको एसपी पंगेनीले बताए। 

यसरी उक्त दम्पत्तीले दिल्ली पुर्‍याएका ९ जना युवतीहरूको प्रहरीले गत चैत ७ गते उद्धार गरेको थियो।

भण्डारी दम्पत्तीविरूद्ध ६ वटा मुद्दा दर्ता भएको छ। यस घटनामा संलग्न ३ जना प्रतिवादी पुर्पक्षको लागि थुनामा छन्।

थप नेपाली युवतीहरूलाई दिल्ली लगिएको भन्ने सूचना पाएपछि गत पुस १० गते त्यहाँबाट पाँच जना पीडितको उद्धार गरी नेपाल ल्याइएको थियो। 

त्यसपछि प्रहरीले उनीहरूलाई गत बुधबार कञ्चनपुरबाट पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंबाट म्याद थपेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार