रोजगारीका लागि युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ

Posted on: 01 Jan, 2024

पुस १६, काठमाडौँ | युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना म्यानपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मार्स म्यानपावरका सञ्चालक ४१ वर्षीय जयराम पौडेल रहेका छन् ।


काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ घर भएका पौडेलले पदमकुमार श्रेष्ठसहित २ जनालाई वैदेशिक रोजगारीका लागि युरोपको प्रतिष्ठित कम्पनीमा राम्रो तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभन देखाएर ठगी गरेका हुन् । प्रहरी नायक उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले पीडितहरूबाट पटक–पटक गरी १९ लाख ६० हजार रुपैयाँ रकम लिएका थिए । 

उनलाई गत पुस १२ गते काठमाडौँको कोटेश्वरबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको रेग्मीको भनाई छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!