१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रम मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरेर ईपीएसबारे भ्रामक सूचना सार्वजनिक

१६ पुष २०८०, सोमबार १२:१८

पुस १६, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरेर ईपीएस कोरियाबारे भ्रामक सूचना सार्वजनिक भएको छ । ईपीएस कोरियाबारे विवाद चर्किरहेका बेला सामाजिक सञ्जालमा भ्रामक सूचना सार्वजनिक गरिएको हो ।


उच्च अदालत पाटनको आदेश बमोजिम सिप बिल्डिङ क्षेत्रका आवेदकहरूको लागि १३ हजार ५८ जनाको कोटा छुट्टाइएको भन्दै भ्रामक सूचना सार्वजनिक गरिएको छ ।

श्रम मन्त्रालयले उक्त भ्रामक सूचना सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा आवश्यक कारबाहीका लागि पत्राचार गरेको छ । मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले पूर्णतः असत्य र भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाहीको गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको बताए ।

सामाजिक सञ्जालमा राखिने गलत सूचनामा कुनै आधिकारिकता नहुने हुनाले यस्ता भ्रामक सूचना सम्बन्धमा समयमै सजग एवं सचेत हुन र मन्त्रालय तथा मातहतका निकायहरूको काम कारबाही सम्बन्धमा मन्त्रालय तथा अन्तर्गत निकायहरूको आधिकारिक वेबसाइट मार्फत मात्र जानकारी लिन सबैमा अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार