१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिक्किमको थुनाबाट तारिखमा छुटेर नेपाल आएकी उमा भन्छिन्- मेरो केसहरू त्यही मिलाइदिनू

१७ पुष २०८०, मंगलवार ०७:१९

पुस १७, काठमाडौँ | शनिवार सिक्किमको गान्तोक सदन प्रहरीबाट ‘साम्प्रदायिक हिंसा’ फैलाउने भिडियो बनाएको आरोपमा पक्राउ परेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राईले आफ्ना मुद्दाहरु उतै मिलाइदिन आग्रह गरेकी छिन् ।

आइतबार छुटेर नेपाल आइकी उमाले आफ्नो फेसबुकमा एक भिडियो बनाएर यस्तो आग्रह गरेकी हुन् । आफ्नो फेसबुक पेजमा ६ मिनेट २४ सेकेन्डको भिडियो पोस्ट गरेर उनले आफ्ना सिक्किममा भएका सबै मुद्दाहरु मिलाइदिन आग्रह गरेकी छिन् ।

उनले भिडियोमा भनेकी छिन्, ‘प्लिज मेरो चैँ जुन जुन केसहरू छ, मलाई लगाइएको छ, त्यो केसहरू सबै उतै मिलाइदिनु होला हैन । म सिक्किम आउन चाहँदिन । बिल्कुलै पनि ।’ भिडियोमा उनले दोहोर्‍याउँदै भनेकी छिन्, ‘प्लिज त्यो मेरो जत्ति पनि केसहरू छ, त्यो केसहरूलाई चैँ तपाईँहरूले त्यहीनेर सकाइदिनु । मलाई फेरि फेरि बोलाउने कोसिस नगर्नु ।’

आइतबार दिउँसो छुटेर नेपाल ल्याइएकी उमाले नेपाल आएर राती भिडियोमा लाइभ आएकी थिइन् । आफ्नो भिडियोमा उनले आफ्नै समुदायबाट दुई पटक उजुरी परेर आफू थुनिएको दुखेसो गरिन् ।

सिक्किम प्रहरीमा भएका आफ्नै समुदायकाहरुबाट पनि धेरै तनाव पाएर झण्डै डिप्रेसनमा पुगेको उनले भिडियोमा दुखेसो गरेकी छिन् । उनले आफूले सिक्किममा नयाँ वर्षको राम्रो ‘उपहार’ पाएको भन्दै भनेकी छिन्, ‘आफ्नो संस्कार संस्कृति बारेमा बोल्दा तपाईँहरूले मलाई जेलसम्म लाउनु भयो ।’

सिक्किमको सत्ताधारी दलका सदस्यहरूले उमालाई पवन चाम्लिङको पैसा खाएकोदेखि राई समुदायलाई भड्काउन आएको जस्ता सङ्गिन आरोप लाएका थिए । यस्तो आरोप लाउनेहरूमा सत्ताधारी दलका मुख्यमन्त्री पिएस गोलेका राजनीतिक सल्लाहकार तथा नेता ज्याकोब खालिङले त सार्वजनिक रूपमा ‘आतंककारी’ नै भनेका थिए ।

उमालाई मुद्दा लाउने शिला राईले बनाएको एक भिडियो सत्ताधारी दलको पेज तथा नेताकार्यकर्ताहरुले सार्वजनिक गरेका थिए ।

भिडियोमा शिलाले उमाले पवन चाम्लिङको पैशा खाएर नेपालबाट अवैधानिक रूपमा आएर राई समुदायलाई चुनावी हतियार बनाएको आरोप लाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार