१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेस्सीको सन्न्यासपछि अर्जेन्टिनामा १० नम्बर जर्सीलाई पनि आराम !

१७ पुष २०८०, मंगलवार ०७:३३

एजेन्सी | अर्जेन्टिना फुटबल महासंघले आफ्ना स्टार खेलाडी लियोनल मेस्सीको सन्न्यास लगत्तै उनले प्रयोग गर्ने १० नम्बर जर्सीलाई पनि बिदाइ गर्ने भएको छ । अर्थात्, मेस्सीको सन्न्यासपछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीमा कुनै पनि खेलाडीले १० नम्बरको जर्सी प्रयोग गर्न पाउने छैनन् ।

समकालीन विश्व फुटबलका महान् खेलाडी मेस्सीको सम्मानमा यस्तो निर्णय लिइएको अर्जेन्टिना फुटबल महासंघले जनाएको छ । अर्जेन्टिनी फुटबलमा मेस्सीभन्दा अगाडि महान् खेलाडी डिएगो म्याराडोनाले १० नम्बरको जर्सी प्रयोग गर्थे ।


‘मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यास लिएसँगै उनले प्रयोग गर्ने १० नम्बरको जर्सीलाई पनि बिदाइ गरिने छ । त्यसपछि राष्ट्रिय टोलीबाट खेल्ने कुनै पनि खेलाडीले १० नम्बरको जर्सी प्रयोग गर्ने छैनन्,’ अर्जेन्टिना फुटबल महासंघका अध्यक्ष क्लाउडियो तापियाले भनेका छन्, ‘मेस्सीको सन्न्याससँगै १० नम्बर जर्सीले पनि आराम पाउने छ ।’

मेस्सीको कप्तानमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो । उनले अर्जेन्टिनालाई सन् २०२१ मा कोपा अमेरिकाको उपाधि पनि चुमाएका थिए । ३६ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि हालसम्म एक सय ८० खेल खेल्दै एक सय ६ गोल गरिसकेका छन् ।

अहिले पनि मेस्सी लयमा छन् । उनले सन् २०२६ को विश्वकपअघि सक्रिय खेल जीवनबाट सन्न्यास लिने सम्भावना देखिँदैन । यसबिचमा उनले सन् २०२४ को कोपा अमेरिका पनि खेल्नेछन् । त्यसैले उनले देशलाई थप उपाधि जिताउने सम्भावना छ । मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार