महाजात्रा’ पोस्टर : तीन जनाको अपहरणमा हरिवंश

Posted on: 02 Jan, 2024

पुस १७, काठमाडौँ | फिल्म ‘महाजात्रा’को फस्ट लुक्स सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा देखिएका छन्। 

सार्वजनिक पोस्टरमा ‘जात्रा’देखि नै फडिन्द्र (विपिन), जोएश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) को भूमिका देखिदै आएका तीन पात्रले अभिनेता आचार्यलाई ह्वीलचेयरमा लगिरहेका छन्। 


उनीहरूले अभिनेता आचार्यलाई बन्दी बनाएको प्रष्ट सङ्केत पोस्टरले गरेको छ। फिल्मका अभिनेता तथा कार्यकारी निर्माता बानियाँले फिल्मको कथासार झल्किने पोस्टर सार्वजनिक गरिएको जानकारी दिए। 

‘पोस्टरमा देखिएका पात्रले पनि यसको कथासार झल्काउँछ’, अभिनेता बानियाँले भने। 

फिल्ममा बर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। 

फिल्म आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!