२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चोरी आरोपमा दुई जना पक्राउ

२०८०, १७ पुष मंगलवार ११:२८

पुस १७, काठमाडौँ | काभ्रेपलाञ्चोक घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को डेरा गरी बस्ने २७ वर्षीया सुमित्रा तामाङको कोठाबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर ठिमि नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ४२ वर्षीय भुवन श्रेष्ठ र चितवन घर भई काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सुनचाँदी पसल गरी बस्ने ५६ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन्।

सुमित्राको कोठाबाट गत मंसिर १८ गते नगद, गरगहना तथा महत्त्वपूर्ण कागजपत्रसमेत चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं बाफलबाट चोरी भएका विभिन्न सामानहरूसहित पक्राउ गरेको हो।

उनीहरूको साथबाट चोरीमा प्रयोग भएको बा.९६ प ५५४४ नम्बरको स्कुटर १ थान, झोला १ थान, स्वरुप परिवर्तन गरीएको सुन ७५ लाल, बुद्धचित्त जस्तो देखिने गोलो दाना १४ थान लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी