१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चोरी आरोपमा दुई जना पक्राउ

१७ पुष २०८०, मंगलवार ११:२८

पुस १७, काठमाडौँ | काभ्रेपलाञ्चोक घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को डेरा गरी बस्ने २७ वर्षीया सुमित्रा तामाङको कोठाबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर ठिमि नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ४२ वर्षीय भुवन श्रेष्ठ र चितवन घर भई काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सुनचाँदी पसल गरी बस्ने ५६ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन्।

सुमित्राको कोठाबाट गत मंसिर १८ गते नगद, गरगहना तथा महत्त्वपूर्ण कागजपत्रसमेत चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं बाफलबाट चोरी भएका विभिन्न सामानहरूसहित पक्राउ गरेको हो।

उनीहरूको साथबाट चोरीमा प्रयोग भएको बा.९६ प ५५४४ नम्बरको स्कुटर १ थान, झोला १ थान, स्वरुप परिवर्तन गरीएको सुन ७५ लाल, बुद्धचित्त जस्तो देखिने गोलो दाना १४ थान लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने