२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वर नगरपालिकामा तालाबन्दी

२०७३, ३० आश्विन आईतवार ०९:५६

असोज ३०, गौशाला । महोत्तरी जिल्लाको सदरमुकामस्थित जलेश्वर नगरपालिकामा आज राजनीतिक दलको एक समूहले तालाबन्दी गरेको छ । 

जलेश्वर नगरपालिकाले एक महिनाअघि बर्खास्त गरेका इन्जिनियर पवनकुमार झा २०÷२५ जनाको समूहमा नगरपालिकामा आई कर्मचारीलाई गाली बेइज्जती गर्दै जबर्जस्ती हाजिर गर्न खोज्दा सोको विरोध गर्दै समूहले तालाबन्दी गरेको हो । 

बर्खास्त भएका इन्जिनियसँगै आएका सबैमाथि कडा कारबाहीको माग गर्दै विभिन्न दलका प्रतिनिधिले नगरपालिकामा तालाबन्दी गरेका छन् । 

आज बिहान कार्यालय खुल्नेबित्तिकै गरिएको तालाबन्दी बर्खास्त इन्जिनियरसहित सो कार्यालयमा अमर्यादित क्रियाकलाप गर्ने सम्पूर्ण व्यक्तिमाथि कारबाही नहुन्जेल यथावत् रहने राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । बर्खास्त गरिएका झाले भने आफू बर्खास्त नभएको र नियमपूर्वक मन्त्रालयले दिएको पत्रका आधारमा आफू हाजिर भएको जिकिर गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल