१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हेटौंडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, तीन जना घाइते

१८ पुष २०८०, बुधबार ०६:४५

पुस १८, हेटौंडा | मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । दुई प्रहरीसहित तीन जना घाइते भएका छन् ।

तालिमका क्रममा दौडिरहेको बेला ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा डडेलधुराको आलिताल-६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वषर्ीय विनोद एडीको मृत्यु भएको हो ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११ थानाभ्याङमा बुधबार बिहान हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

सो घटनामा प्रहरी जवानहरु नवराज सार्की र विजय खत्री तथा मोटरसाइकल चालक हेटौंडा-४ का ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन् ।

मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको छ । प्रहरी जवानद्वय सार्की र खत्रीको हेटौँडा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने