२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार

२०८०, १८ पुष बुधबार ०८:०२

पुस १८, काठमाडौँ | दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि मंगलबार छुरा प्रहार भएको छ । आफ्नो समर्थक भएको बहाना गर्दै भीडमा धकेल्ने एक व्यक्तिले उनको घाँटीमा छुरा प्रहार गरेका थिए । सघन उपचार कक्षमा उनको सुधार भइरहेको डेमोक्रेटिक पार्टीले जनाएको छ । 

पत्रकारहरूले घेरिएको अवस्थामा एक व्यक्तिले लीको घाँटीको देब्रेपट्टि छुरा प्रहार गरेको बुसान प्रहरी अधिकारी सोन जे–हानले पत्रकार सम्मेलनमा बताए । लीको डेमोक्रेटिक पार्टीका क्वोन चिल–सेउङले लीलाई सुरुमा बुसानको अस्पताल लगिएको र पछि राजधानी सोल लगिएको जानकारी दिएका छन् । उनका अनुसार सोलमा लीको दुई घन्टासम्म शल्यक्रिया गरिएको थियो । 'घाँटीको गलाको आन्तरिक नसामा क्षति पुगेको पुष्टि भएको छ,' उनले भने, 'शल्यक्रियापछि ली होशमा हुनुहुन्थ्यो, हाल आईसीयूमा भर्ना हुनुभएको छ र सुधार भइरहेको छ ।'


आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । प्रहरी अधिकारी सोनका अनुसार ६० वर्षीय आक्रमणकारीले १३ सेन्टिमिटर लामो ब्लेड भएको १८ सेन्टिमिटर छुरा प्रयोग गर्दथे र यसलाई उनले अनलाइनमा खरिद गरेका थिए ।

दक्षिण कोरियाली टेलिभिजन स्टेसनहरूमा प्रसारित फुटेजमा प्रहरीले संदिग्ध व्यक्तिलाई भुइँमा लडाएको देखिएको थियो । योन्हाप समाचार एजेन्सीका अनुसार दक्षिण कोरियाली अधिकारीहरूले आक्रमणकारीविरुद्ध हत्या प्रयासको अभियोग लगाउने योजना बनाएका छन् । आक्रमणकारीले आफ्नो मनसाय लीलाई मार्ने रहेको प्रहरीलाई बताएको योनहापले उल्लेख गरेको छ । एक प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय राजनीतिज्ञ ली पत्रकारहरूसँग कुरा गर्दै आफ्नो कारतर्फ जाँदै गर्दा आक्रमणकारीले उहाँसँग अटोग्राफ मागेका थिए । टेलिभिजन फुटेजमा ली भुइँमा लड्दै गरेके र मानिसहरू उहाँलाई सहयोग गर्न दौडिरहेको देखाइएको छ ।

पछिल्ला वर्षहरूमा कैयौँ उच्च प्रोफाइलका दक्षिण कोरियाली राजनीतिज्ञमाथि सार्वजनिकरूपमा हमला भएका छन् । सन् २०२२ मा लीभन्दा अघि डेमोक्रेटिक पार्टीको नेतृत्व गर्ने सङ यङ–गिलको टाउकामा एक वृद्ध व्यक्तिले केही वस्तुले हमला गरेका थिए ।

सन् २००६ मा कन्जरभेटिभ पार्टीका तत्कालीन नेता पार्क ग्युन–हेमाथि एक र्‍यालीमा चक्कु प्रहार गरिएको थियो । हमलामा उनको अनुहारमा दाग बसेको छ । पछि उनी दक्षिण कोरियाका राष्ट्रपतिसमेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी