भारतबाट ल्याउँदै गरेका ३८७ थान मोवाइल बरामद

Posted on: 03 Jan, 2024

पुस १८, रौतहट | भारतबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको आठ लाख रुपैयाँ भन्दा धेरै मूल्यको मोवाइल सेट प्रहरीले रौतहटबाट बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चपुर गौर सडकखण्डमा पर्ने चन्द्रपुर-५ तल्लोबजारबाट तीन सय ८७ थान मोबाइल बरमामद गरेको हो। 


बरामद मोबाइलको बजार मूल्य आठ लाख १८ हजार ९०६ कायम गरी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बसको डिकमा ३ ओटा बोराभित्र राखेर ल्याउँदै गरेको अवस्थामा ती मोवाइल बरामद भएका हुन्। 

कागजपत्र बिनाका ती मोवाइल दाबी गर्न कोही नआएपछि प्रहरीले भन्सार कार्यालयमा बुझाएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!