कतार पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on: 03 Jan, 2024

पुस १८, काठमाडौँ | वैदेशिक रोजगारीका लागि कतार पठाइदिने बहानामा झण्डै तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा –९ गोठाटार बस्ने वर्ष २२ को कैलाश गिरी रहेका छन्।


उनले भाष्कर दत्त भट्टलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु त्यसको लागि तीन लाख रुपैयाँ लाग्छ, कतार पुगेपछि ड्राइभरको काम लगाइदिन्छु, मासिक ८० हजार रुपैयाँ भन्दाधेरै तलव हुन्छ भनी प्रलोभनमा पारी भट्टबाट २ लाख ९४ हजार रुपैयाँ रकम लिएका थिए।

रकम लिई सम्पर्कविहीन भएका गिरीलाई काठमाणडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पुस १७ गते  गोठाटारबाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!