पूर्वराजा ज्ञानेन्द्र र राप्रपा नेताहरुबीच के भयो कुराकानी ?

Posted on: 03 Jan, 2024

पुस १८, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ ।

पूर्वराजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए । बुधबार भएको भेटमा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दीपक सिंह सहभागी थिए ।


भेटमा सहभागी उपाध्यक्ष तामाङका अनुसार देशको पछिल्लो अवस्थाबारे छलफल भएको छ । ‘राजनीतिक दलहरुले जे प्रतिवद्धता गरेका थिए, त्यो पूरा भएन । भ्रष्टाचार व्यापक छ’ तामाङ भन्छन्, ‘आर्थिक मन्दी छ, सुधार भएको भनिए पनि व्यवहारमा देखिएको छैन । युवाहरुको विदेश पलायन डरलाग्दो छ भन्ने कुरा भयो ।’

उनका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यही क्रमले देश बृद्धाश्रम जस्तो बन्ने भन्दै युवाहरुको देश छाड्ने क्रममा रोक लगाउने योजना के छ भनेर सोधेका थिए ।

हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र पुनर्स्थापनाको माग राख्दै राप्रपाले फागुनदेखि गर्ने भनिएको आन्दोलनबारे पनि छलफल भएको छ । राप्रपा उपाध्यक्ष तामाङले भने, ‘आन्दोलनको विषय पनि उठेको छ, तर मुख्य मुद्दा त्यो होइन ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!