भिजिट भिसा प्रकरणमा धरपकड गरेको भन्दै विमानस्थलका कर्मचारी हडतालमा

Posted on: 03 Jan, 2024

पुस १८, काठमाडौँ | भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै विमानस्थलका कर्मचारी हडतालमा उत्रिएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार ३:३० बजेदेखि हडताल सुरु गरेका हुन् ।

विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले स्वतन्त्र रूपमा कामकाज गर्न पाउनुपर्ने माग गरेका छन् । यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अन्य कर्मचारीमाथि पनि पक्राउ पुर्जी आएपछि कर्मचारीहरू आन्दोलित भएका हुन् । 

अहिले आधा कर्मचारीले मात्रै काम गरिरहेका छन् र काम पनि एकदमै ढिलो गरिरहेका छन् । अध्यागमनका २४ मध्ये ६ वटा काउण्टर मात्रै चलाइएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!