१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साउदीमा ठगी गर्ने गिरोह सक्रिय, सचेत रहन दूतावासको आग्रह

१९ पुष २०८०, बिहीबार ०७:२४

पुस १८, काठमाडौँ | साउदी अरबमा ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।  त्यस्ता गिरोहको फन्दामा नेपाली श्रमिकहरू समेत पर्न थालेका छन् । साउदी अरेबियाको आन्तरिक मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो । त्यस्ता गिरोहबाट सचेत रहन साउदीस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।


ठगी गर्ने गिरोहले फोन गर्ने र फोन मार्फत नै तपाईँको वासस्थानमा जनगणनाको सिलसिलामा आएकोमा भेट हुन नसकेको र वासस्थानको बाहिर अरेबिकमा सूचना राखिएकोमा तपाईँले त्यसको जवाफ नपठाएकाले साउदी कानुन अनुसार फोनबाटै आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्नुपर्छ भनी कुरा गर्ने गरेको छ ।

त्यही आधारमा अकामा नम्बर माग्ने, एमएमएसबाट साउदीको आन्तरिक मन्त्रालयबाट आएको जस्ता बनाई फोनमा ओटिपी पठाउने, सो ओटिपी माग्ने र सबै विवरण अपडेट गर्नुपर्छ भनी सबै विवरण माग गर्दै बैङ्कमा भएको रकम लैजाने एवं आब्सर हात पारी अनेक खालका अवैध कारोबार गर्ने र सम्बन्धित व्यक्तिलाई फसाइदिने खालका संठगित अपराध र ठगीका घटना बढेको राजदूतावासले जनाएको छ ।

यस विषयमा साउदी अरेबियाको आन्तरिक मन्त्रालयले समेत कारबाही गरिरहेको राजदूतावासले जनाएको छ । कुनै पनि अनधिकृत व्यक्तिले फोनबाट वा अरु कुनै माध्यमबाट अकामा, आस्वर वा बैंक खाता÷कार्ड नम्बर वा ओटीपी मागेमा कुनै पनि हालतमा नदिन अनुरोध गरेको छ । त्यस्तो घटना थाहा पाएको खण्डमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत राजदूतावासले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार