मोरङमा १० बर्षिया बालिका बलात्कृत, एक जना पक्राउ

Posted on: 04 Jan, 2024

पुस १८, इटहरी | मोरङमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर पक्राउ गरिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार धनकुटा घर भएकी बालिकाका हजुरबुवा र हजुरआमासँग मगरकै घरमा डेरामा बस्दै आएको बताए । आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटक-पटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए ।

घरमा अभिभावक नभएको मौका छोपी शौचालयनजिकको खाली जग्गामा लगेर मुख थुनेर बोल्नसमेत नदिइकन कसैलाई भनेमा कुटपिट तथा मार्ने गर्ने धम्की दिएर बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । मुख थुनेर बोल्नसमेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

यता इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालले भने बुधबार राती उनलाई पक्राउ गरिएको र मुद्धा दर्ता गरेर आबश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत पठाईएको बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!