१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यू-१९ विश्वकप खेल्न जाने टिमको बिदाइ, उच्च प्रदर्शन गर्ने अपेक्षा

२० पुष २०८०, शुक्रबार ०६:४५

पुस २०, काठमाडौं | नेपाल क्रिकेट संघ क्यानले आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्मा लगायतले बिदाइ गरे ।

नेपाल ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो । यू-१९ टिमका कप्तान देव खनालले तयारी सबै राम्रो रहेको र प्राप्त सुविधालाई प्रयोग गरेको बताए । बाहिर गएर खेल्न नपाए पनि एक साता क्याम्प हुन लागेकोले खुशी लागेको देवले बताए ।


उनले विश्वकप खृल्ने सपना पूरा हुन लागेको र राम्रो नतिजा ल्याउने बताए । ‘यू-१९ विश्वकप खेल्ने सपना थियो, त्यो पूरा हुन लागेको छ । आशा छ राम्रो प्रदर्शन गर्छौं । एसिया कपको प्रदर्शन बिर्सेर विश्वकपमा राम्रो गर्दै देशलाई गौरवान्वित बनाउँछौं,’ देवले भने ।

यू-१९ टिमका मुख्य प्रशिक्षक जगत टमाटाले ८ वर्षपछि फेरि विश्वकप खेल्न जाँदै गर्दा आफू लक्की रहे पनि यसमा क्यान र खेलाडीले योगदान रहेको बताए । टमाटाले मानसिक र शारीरिक रुपमा टिम तयार रहेको बताए ।

‘दक्षिण अफ्रिकामा पहिलो पटक खेल्न जाँद‌छौं । चुनौती त छ तर हामी त्यो चुनौती चिर्न तयार छौं’ टमाटाले भने, ‘विश्वकप अघि नै चार खेल खेल्दैछौं र त्यसले पनि हामीलाई सहयोग गर्छ । हामीले पहिले पनि टेष्ट नेशनलाई हराइसकेका छौं र फेरि नेपालको झण्डा फहराउने छौं ।’

क्यान अध्यक्ष चतुरबहादुर चन्दले ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको भन्दै टिमलाई उच्च प्रदर्शन गर्न शुभकामना दिए । क्यानले विश्वकपका लागि टिमलाई चाँडै पठाउन लागेको र नामिबिया र स्कटल्याण्डसँग अभ्यास म्याच खेल्ने तालिका रहेको उनले बताए । नेपाली टिम आज शुक्रबार नै दक्षिण अफ्रिका प्रस्थान गर्दै छ ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपाली टिमले राम्राो खेलेर नै यू-१९ विश्वकप पुगेको र विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास रहेको बताए ।

घिसिङले नेपालको सिनियर टिम र यू-१९ टिमले २०२३ मा एसिया कप खेलेको र २०२४ मा पनि सिनियर टिम र यू-१९ टिमले विश्वकप खेल्न लागेको चन्दै सुखद संयोग रहेको बताए ।

यू-१९ विश्वकपमा नेपाल कठिन समूहमा रहेको । समूह डी मा नेपालसहित पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् । नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ । नेपालले विश्वकप अघि स्कटल्याण्ड र वेष्ट इन्डिजसँग वार्म अफ म्याच खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने