१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चुरोटले गराउँछ दिमागको संकुचन

२० पुष २०८०, शुक्रबार ०७:२५

काठमाडौं | चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक रहेको कुरा नौलो होइन । सम्भवत: चुरोट पिउने हरेक व्यक्ति यसका जानकार छन्। यसले मुख, घाँटी र फोक्सोको क्यान्सरसम्म गराउने  कुरा प्रमाणित भइसकेको छ। त्यसैले चुरोटको सेवन त्याग्न चिकित्सकहरुले बताउँदै आएका छन्। 

भर्खरै नयाँ अनुसन्धान आएको छ । चुरोटको सेवनले मष्तिष्कलाई समेत संकुचन गर्ने गरेको उक्त अनुसन्धानले देखाएको हो।  जर्नल ‘बायोलोजिकल साइक्याट्री: ग्लोबल ओपन साइन्स’मा प्रकाशित उक्त मेडिकल स्टडीका अनुसार  धुम्रपानको असर मस्तिष्कमा पनि हुन्छ । यो स्टडी सेन्ट लुइसस्थित वाशिंगटन युनिभर्सिटी स्कूल अफ मेडिसिनका रिसर्चरले गरेका हुन्। 


स्टडीका अनुसार चुरोट पिउनेहरुको मष्तिष्क खुम्चिदै जान्छ। यदि  चुरोट पिउन छाडियो भने थप संकुचित हुनबाट रोकिन सक्छ। तर, पहिले संकुचित भइसकेको हिस्सा खुल्ने सम्भावना भने कमजोर रहेको देखिएको छ।

शोधकर्ताहरुले आफ्नो अनुसन्धानमा लामव समयसम्म चुरोट पिउनेहरुको मष्तिष्क स्थायी रुपमा सानो भएको पाएका छन्। जसले बिचमै छाडेका छन्,  उनीहरुको एक समयसम्म खुम्चिएको तर पछि त्यतिमै रोकिएको पाएका छन्। 

वासिंगटन युनिभर्सिटी स्कुल अफ मेडिसिनको साइक्याट्रि विभागकी प्रोफेसर लाउरा जे बेरुतका अनुसार सामान्यको भन्दा धुम्रपान गर्ने व्यक्ति चाँडो बुढो समेत देखिने पाइएको छ। उनका अनुसार चुरोट पिउनेलाई अल्जाइमर्सको समस्या पनि उच्च हुने पाइएको छ। दिमागको साइज र न्युरोन्स खराब भएर अल्जाइमर्स हुने अनुसन्धानमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने