१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्री प्रचण्डविरुद्धको अवहेलना मुद्दामा फैसला सुनाउँदै सर्वोच्च

२० पुष २०८०, शुक्रबार ०७:३३

पुस २०, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड विरुद्ध दर्ता भएको अदालतको अवेलना मुद्दामा सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाउने भएको  छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ गते दर्ता गरेको अवहेलना मुद्दामा फैसलाका लागि आज (शुक्रबार)लाई निसु (निर्णय सुनाउने दिन) तोकिएको छ।  मुद्दाको पेसी न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ। 

तत्कालीन समयमा प्रचण्डले अदालतले समेत आफूहरुलाई घेराबन्दी पारिरहेको र षडयन्त्रमा अदालतको पनि हात रहेको अभिव्यक्ति दिएका थिए। 


दाहालले द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर गरेको टिप्पणीपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७३ जेठ १२ अवहेलनाको निवेदन दर्ता गरेका थिए। उक्त मुद्दामा बहस सकिएर फैसलाका लागि निसु तोकिएको थियो। तर फैसला नहुँदै सर्दै आएको थियो। 

शुक्रबार न्यायाधीशद्वय खतिवडा र रेग्मीको संयुक्त इजलासमा उक्त मुद्दाको मात्र पेसी तोकिएकाले फैसला हुने सम्भावना छ। यो मुद्दा ७ वर्षदेखि सर्वोच्चमा एकपछि अर्को इजलासमा पेसी चढ्ने अनि थन्किने हुँदै आएको थियो। 

सर्वोच्चले ५ वर्षमाथिको मुद्दा भएकाले यसलाई अभियान फाँटमा राखेर सुनुवाइका लागि प्राथमिकता दिँदै पेसी तोक्दै आएको छ।  प्राथमिकता पाएका कारण मुद्दाको पेसी एउटा मात्र राखेर इजलास तोकिएको हो। 

अदालतले उनलाई तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्षको रुपमा हेर्नेछ। उनले अदालतबाट भएको फैसलामाथि टिप्पणी गरेकाले अवहेलना ठहर गरेमा उनी नैतिक संकटमा पर्नेछन्।

उक्त विवादमा प्रधानमन्त्री प्रचण्डले लिखित जवाफ समेत पठाएका छन्। लिखित जवाफमा आफूले अदालतको अवहेलना नगरेको र संक्रमणकालीन न्यायको विषय अदालतबाट नभइ अन्य संयन्त्रबाट टुङ्गो लाग्नुपर्ने भनेको बताउँदै प्रचण्डले रिट खारेज हुनुपर्ने जिकिर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने