२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्री प्रचण्डविरुद्धको अवहेलना मुद्दामा फैसला सुनाउँदै सर्वोच्च

२०८०, २० पुष शुक्रबार ०७:३३

पुस २०, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड विरुद्ध दर्ता भएको अदालतको अवेलना मुद्दामा सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाउने भएको  छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ गते दर्ता गरेको अवहेलना मुद्दामा फैसलाका लागि आज (शुक्रबार)लाई निसु (निर्णय सुनाउने दिन) तोकिएको छ।  मुद्दाको पेसी न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ। 

तत्कालीन समयमा प्रचण्डले अदालतले समेत आफूहरुलाई घेराबन्दी पारिरहेको र षडयन्त्रमा अदालतको पनि हात रहेको अभिव्यक्ति दिएका थिए। 


दाहालले द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर गरेको टिप्पणीपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७३ जेठ १२ अवहेलनाको निवेदन दर्ता गरेका थिए। उक्त मुद्दामा बहस सकिएर फैसलाका लागि निसु तोकिएको थियो। तर फैसला नहुँदै सर्दै आएको थियो। 

शुक्रबार न्यायाधीशद्वय खतिवडा र रेग्मीको संयुक्त इजलासमा उक्त मुद्दाको मात्र पेसी तोकिएकाले फैसला हुने सम्भावना छ। यो मुद्दा ७ वर्षदेखि सर्वोच्चमा एकपछि अर्को इजलासमा पेसी चढ्ने अनि थन्किने हुँदै आएको थियो। 

सर्वोच्चले ५ वर्षमाथिको मुद्दा भएकाले यसलाई अभियान फाँटमा राखेर सुनुवाइका लागि प्राथमिकता दिँदै पेसी तोक्दै आएको छ।  प्राथमिकता पाएका कारण मुद्दाको पेसी एउटा मात्र राखेर इजलास तोकिएको हो। 

अदालतले उनलाई तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्षको रुपमा हेर्नेछ। उनले अदालतबाट भएको फैसलामाथि टिप्पणी गरेकाले अवहेलना ठहर गरेमा उनी नैतिक संकटमा पर्नेछन्।

उक्त विवादमा प्रधानमन्त्री प्रचण्डले लिखित जवाफ समेत पठाएका छन्। लिखित जवाफमा आफूले अदालतको अवहेलना नगरेको र संक्रमणकालीन न्यायको विषय अदालतबाट नभइ अन्य संयन्त्रबाट टुङ्गो लाग्नुपर्ने भनेको बताउँदै प्रचण्डले रिट खारेज हुनुपर्ने जिकिर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी