२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘हालसम्म तीन पटक अवैध सुन ल्याएको छु, एकपटक ल्याउँदा ७० हजार रुपैयाँ पाइन्थ्यो’

२०८०, २० पुष शुक्रबार ०८:२५

पुस २०, काठमाडौं | १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएका गोरखाका चन्द्र घलेले हालसम्म तीन पटकमा २६ किलो सुन तस्करी गरी ल्याएको र एक पटक सुन बोकी आउँदा ७० हजार रुपैयाँ पाउने बयान दिएका छन् । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृत मनिराम पौडेलसमक्ष घलेले दिएको बयानमा आफूले अन्तिमपटक समेत गरी तीन पटक सुन तस्करी गरी ल्याएको र तस्करीमा गोरखाकै मीनबहादुर घलेको संलग्नता रहेको बयान दिएका हुन् । 


चन्द्रले आफ्नो बयानका क्रममा दुबईमा मीनबहादुर घलेले भनेको व्यक्तिले सुन दिने गरेको र त्यसका लागि ५ दिरामको नोट र कोड नम्बर रहने गरेको पनि बताए । सुन दिने व्यक्ति को हुन् भनेर थाहा नहुने र नेपालबाटै मीनबहादुर घलेले दिएको नोट र कोड नम्बरका आधारमा गिरोहले सुन रहेको ज्याकेट दिने गरेको बयान उनले दिएका छन् । 

दुबईबाट सुन ल्याएर त्रिभुवन विमानस्थलको आगमन कक्षको शौचालयमा रहेको डस्टबिनमा राखिदिने गरेको पनि चन्द्रले बयानमा उल्लेख गरेका छन् । त्यहाँबाट सफाई कर्मचारी, एसी मेण्टिनेन्सका कर्मचारी, प्लम्बर आदिले सुन ल्याएर तस्कर समूहका सदस्यलाई दिने गरेको उनले जनाएका छन् ।  दुबईमा भने सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी भन्सार तिरेरै सुन ल्याउने गरेकोसमेत घलेले बयानमा उल्लेख गरेका छन् । दुबईमा अंकित अग्रवाल र गुरु नाम गरेका व्यक्तिले सुन दिने गरेको घलेको बयानमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी