हर्कको निम्ता मान्न धरान पुगे बालेन

Posted on: 05 Jan, 2024

पुस २०, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह शुक्रबारदेखि सुरु भएको धरान डे उत्सवको उद्‍घाटन गर्न धरान पुगेका छन् ।


उनलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सो उत्सवमा अतिथिका रूपमा निमन्त्रणा गरेका थिए । काठमाडौंका मेयर शाह र धरानका मेयर सम्पाङबीच सुरुदेखि नै सहयोग आदानप्रदान हुँदै आएको छ । 

यसअघि सो कार्यक्रमको प्रमुख अतिथिका रूपमा मेयर साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डको सचिवालयले प्रधानमन्त्री व्यस्तताका कारण धरान आउन नसक्ने जानकारी दिएपछि मेयरले असन्तुष्टि पोखेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!