१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आईसीसी टी–२० विश्वकप : नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स

२० पुष २०८०, शुक्रबार १०:१५

पुस २०, काठमाडौं | नेपाली टोली यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । प्राप्त समाचारअनुसार उक्त समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

टी–२० विश्वकप आगामी जुन ४ देखि ३० तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, अमेरिका र क्यानडा रहेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन् । प्रतियोगिताको समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेको समाचारमा जनाइएको छ ।


प्रतियोगितामा सहभागी २० वटा टोलीलाई चार समूहमा विभाजन गरिएको हो । आफ्नो समूहमा रहेका प्रत्येक टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । प्रतियोगिताको नवौँ संस्करणमा कुल ५५ वटा खेल खेलिने छ । प्रारम्भिक चरणको समाप्तिपछि प्रत्येक समूहबाट दुई–दुईवटा टोली प्रतियोगिताको ‘सुपर आठ’ चरणमा पुग्नेछन् ।

‘सुपर आठ’ चरणमा पुग्ने आठवटा टोलीलाई पनि दुई—दुई समूहमा विभाजन गरिने छ । ‘सुपर आठ’ चरणको समाप्तिपछि दुवै समूहमा सबैभन्दा माथि रहने दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनल र फाइनल खेल खेलाइने छ ।

इङ्ल्यान्ड टी—२० विश्वकपको साविक विजेता हो । सन् २०२२ मा खेलिएको आठौँ विश्वकपको फाइनलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । इङ्ल्यान्ड र वेस्ट इन्डिजले हालसम्म दुई—दुई पटक टी—२० विश्वकपको उपाधि जितेका छन् ।

यसका अतिरिक्त भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले पनि एक—एक पटक टी—२० विश्वकपको उपाधि चुमिसकेका छन् । यसअघि नेपालले पनि एकपटक टी—२० विश्वकप खेलिसकेको छ । नेपालले सन् २०१४ मा टी—२० विश्वकप खेलेको थियो । त्यतिबेला नेपाली टोली प्रारम्भिक चरणबाटै घर फर्किएको थियो । नेपालसँगै सन् २०१४ मा यूएई र हङ्कङले पनि टी—२० विश्वकपमा ‘डेब्यू’ गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ