२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

तीन राजनितिक दलद्धारा बझाङका जिशिअ थापाको नाममा उजुरी

२०७३, ३० आश्विन आईतवार १३:१४

सम्राट सिंह | असोज ३०, बझाङ | बझाङ जिल्ला स्थित प्रमुख तिन राजनितिक दलका नेताहरुले जिल्ला शिक्षा अधिकारी मदन थापाको नाममा उजुरी दिएका छन् । दलहरुले संयुक्त रुपमा हस्ताक्षर गरि जिशिअ थापाले सरुवा हुने समयमा रातारात कमिसन खाएर शिक्षा कार्यालयको भौतीक पुर्वाधारका कोटाहरु वितरण गरेको आरोप लगाई आज जिल्ला प्रशासन कार्यालय सहित अन्य निकायमा उजुरी दिएको छ । 

नेपाली काँग्रेस पार्टीका जिल्ला सभावती हर्कजंड बहादुर सिंह नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंह र नेकपा माओवादी केन्द्रका अध्यक्ष कलक खडकाले संयुक्त रुपमा हस्ताक्षर गरि निवेदन दर्ता गराएका छन् । 

गत वर्ष देखी जिल्लामा कार्यरत जिशिअ थापा यसै असोज महिनाको २० गते सरुवा भएर हुम्ला गएका छन् । जिशिअ थापाले यो आर्थिक वर्षमा विभागवाट आएको कार्यक्रम तथा योजनाहरुको सार्वजनिकरण नगर्दै विद्यालय भवन निर्माणका योजना दिएर कमीसन लिएको आरोप लगाएका छन् । 

नयाँ आएका कार्यक्रम औपचारीक रुपमा सरोकारवालाहरु लाई जानकारी नै दिएको छैन नेकपा माओवादी केन्द्रका अध्यक्ष कलक खड्काले भने यसरी रातारात कोटा वितरण गर्नुमा कमीसनको खेल भएको छ । नेपाली काँग्रेसका पार्टी अध्यक्ष हर्कजंग बहादुर सिंहले जिशिअ थापाले कोटा वितरण गरेका प्रत्येक विद्यालयवाट एक एक लाख कमिसन लिएको बताए ।

जिल्ला शिक्षामा यस आवका लागी चार कोठे भवन  ७ वटा २ कोठे भवन ४९ वटा र विद्यालय मर्मत ८० वटा कोटा रहेका छन् । जिल्ला शिक्षा अधिकारी मदन थापाले शिक्षा समितिको पनि राय सुझाव नलिएको शिक्षक संघ संगठनको पनि राय सुझाव नलिएको र स्थानिय राजनितिक दल माननिय सभासदहरुको कसैको राय सुझाव नलिएको हुदाँ आफुखुशी लुकी छिपी भवन कोटा वितरण गरी गैर जिम्मेवारी काम गरेकाले उजुरी दिन बाध्य भएका एमाले अध्यक्ष दिल बहादुर सिंहले वताए । नेताहरुले जिल्ला प्रशासन कार्यालय , शिक्षा विभाग , अख्त्तियार दुरुपयोग अनुसन्धन आयोगमा समेत उजुरी दिएका छन् । 

जिशिअ थापा सरुवा भएर गएपछि आईतवार सुर्य बहादुर सिंह जिशिअका रुपमा हाजीर भएका छन् । जिशिअ सिंहले पनि कसैको राय सुझाव समन्वय सम्पर्क नगरेर विद्यालय भवनका कोटा वितरण गरेको देखीएकाले जिल्लामा उनि प्रती सवै क्षेत्र वाट गुनासो आएको वताए । सरुवा भएर गएका जिशिअ मदन थापा संग टेलीफोन सम्पर्क गर्दा उनले गतवर्ष कोटा वितरण ढिला भएकाले यसपाली विभाग संग समन्वय गरि आवश्यक विद्यालयमा कोटा वितरण गरेको जानकारी दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी