८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

तीन राजनितिक दलद्धारा बझाङका जिशिअ थापाको नाममा उजुरी

३० आश्विन २०७३, आईतवार १३:१४

सम्राट सिंह | असोज ३०, बझाङ | बझाङ जिल्ला स्थित प्रमुख तिन राजनितिक दलका नेताहरुले जिल्ला शिक्षा अधिकारी मदन थापाको नाममा उजुरी दिएका छन् । दलहरुले संयुक्त रुपमा हस्ताक्षर गरि जिशिअ थापाले सरुवा हुने समयमा रातारात कमिसन खाएर शिक्षा कार्यालयको भौतीक पुर्वाधारका कोटाहरु वितरण गरेको आरोप लगाई आज जिल्ला प्रशासन कार्यालय सहित अन्य निकायमा उजुरी दिएको छ । 

नेपाली काँग्रेस पार्टीका जिल्ला सभावती हर्कजंड बहादुर सिंह नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंह र नेकपा माओवादी केन्द्रका अध्यक्ष कलक खडकाले संयुक्त रुपमा हस्ताक्षर गरि निवेदन दर्ता गराएका छन् । 

गत वर्ष देखी जिल्लामा कार्यरत जिशिअ थापा यसै असोज महिनाको २० गते सरुवा भएर हुम्ला गएका छन् । जिशिअ थापाले यो आर्थिक वर्षमा विभागवाट आएको कार्यक्रम तथा योजनाहरुको सार्वजनिकरण नगर्दै विद्यालय भवन निर्माणका योजना दिएर कमीसन लिएको आरोप लगाएका छन् । 

नयाँ आएका कार्यक्रम औपचारीक रुपमा सरोकारवालाहरु लाई जानकारी नै दिएको छैन नेकपा माओवादी केन्द्रका अध्यक्ष कलक खड्काले भने यसरी रातारात कोटा वितरण गर्नुमा कमीसनको खेल भएको छ । नेपाली काँग्रेसका पार्टी अध्यक्ष हर्कजंग बहादुर सिंहले जिशिअ थापाले कोटा वितरण गरेका प्रत्येक विद्यालयवाट एक एक लाख कमिसन लिएको बताए ।

जिल्ला शिक्षामा यस आवका लागी चार कोठे भवन  ७ वटा २ कोठे भवन ४९ वटा र विद्यालय मर्मत ८० वटा कोटा रहेका छन् । जिल्ला शिक्षा अधिकारी मदन थापाले शिक्षा समितिको पनि राय सुझाव नलिएको शिक्षक संघ संगठनको पनि राय सुझाव नलिएको र स्थानिय राजनितिक दल माननिय सभासदहरुको कसैको राय सुझाव नलिएको हुदाँ आफुखुशी लुकी छिपी भवन कोटा वितरण गरी गैर जिम्मेवारी काम गरेकाले उजुरी दिन बाध्य भएका एमाले अध्यक्ष दिल बहादुर सिंहले वताए । नेताहरुले जिल्ला प्रशासन कार्यालय , शिक्षा विभाग , अख्त्तियार दुरुपयोग अनुसन्धन आयोगमा समेत उजुरी दिएका छन् । 

जिशिअ थापा सरुवा भएर गएपछि आईतवार सुर्य बहादुर सिंह जिशिअका रुपमा हाजीर भएका छन् । जिशिअ सिंहले पनि कसैको राय सुझाव समन्वय सम्पर्क नगरेर विद्यालय भवनका कोटा वितरण गरेको देखीएकाले जिल्लामा उनि प्रती सवै क्षेत्र वाट गुनासो आएको वताए । सरुवा भएर गएका जिशिअ मदन थापा संग टेलीफोन सम्पर्क गर्दा उनले गतवर्ष कोटा वितरण ढिला भएकाले यसपाली विभाग संग समन्वय गरि आवश्यक विद्यालयमा कोटा वितरण गरेको जानकारी दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता